सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री खतिवडा

सरकारले कोशी अस्पताललाई उच्च प्राथमिकतामा राखेको छ : स्वास्थ्यमन्त्री खतिवडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १० कात्तिक (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कोशी अस्पतालको आज निरीक्षण एवं अनुगमन गर्दै प्रदेश नं १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रुपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले ३५० श्ययालाई स्तरोन्नति गर्दै थप ५०० श्यामा विस्तार गरी नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रुपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यकपर्ने दक्षजनशक्ति व्यवस्था गर्ने जानकारी दिनुभयो । सो अवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अस्पतालमा रहेको श्ययाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० श्ययाको आकस्मिक कक्षसमेत रहने छ भन्नुभयो ।

मन्त्री खतिवडाले प्रदेशका अत्यधिक जनताको उपचारको केन्द्रको रुपमा रहेको यस अस्पताललाई प्राथमिकतामा राखेको कारण यसको परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको बताउनुभयो । उहाँले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपाली जनतालाई कोरोना खोप लगाउने लक्ष्य रहेको र त्यो लक्ष्य समयमा पूरा हुने दाबी गर्नुभयो ।

उहाँले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै १२ वर्षदेखि १८ वर्षसम्म उमेरका लागि खोप लगाउने तयारी भइरहेको बताउनुभयो । मन्त्री खतिवडाले विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य सुरु गर्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रुपमा प्रदान गरिरहेको बताउँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पतालमा आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

यो पनि – हेटौडा उपमहानगरपालिकाद्वारा सामुदायिक विद्यालयसँग प्रस्ताव माग

वाग्मती, १० कात्तिक (रासस) : कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटाँैडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको जनाएको छ । सो उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरेको बताइएको छ । सङ्घीय सरकारको २० लाख बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिनुभयो ।

माविमा स्मार्ट बोर्ड र प्रोजेक्टमा आधारित सिकाइ, आधारभूत विद्यालयमा कम्तीमा एक कम्प्युटर, एक ल्यापटप र प्रिन्टर, नमूना वाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, विद्यालयहरुमा युरोगार्ड जडान र गणित विषयको प्रयोगशाला निमार्णका लागि प्रस्ताव माग गरिएको बताइएको छ ।

विद्यालयहरुबाट प्राप्त भएका प्रस्तावहरुको मूल्याङ्कन गरेर आवश्यकता र औचित्यका आधारमा विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिने प्रमुख रिमालले बताउनुभयो सो कार्यक्रमका लागि इएमआइएस अपडेट, विद्यार्थी सङ्ख्या र सामाजिक परीक्षण जस्ता विभिन्न आधारमा विद्यालयको मूल्याङ्कन हुने बताइएको छ । यसैबीच हेटौँडा उपमहानगरपालिकाअन्तर्गत रहेका १२२ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये २९ विद्यालयले तोकिएको समयभित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ( इएमआइएस) नबुझाएको जनाइएको छ ।

त्यस्तै ९३ विद्यालयले तोकिएको समयभित्र इएमआइएस बुझाएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । जसअन्तर्गत ६२ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस बुझाएको छ भने १४ सामुदायिक र ३१ निजी विद्यालयले इएमआइएस नबुझाएको बताइएको छ । इएमआइएस नबुझाएको सम्पूर्ण विद्यालयको कार्यक्रम रोकिने महाशाखाप्रमुख रिमालले बताउनुभयो । समयमै इएमआइएसकै कारण शिक्षकको तलब, आठ कक्षाको परीक्षा रोकिनाका साथै विद्यालयको संरचना तथा पूर्वाधार विकासमा समेत बाधा पुग्ने महाशाखाले जनाएको छ ।