भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ कात्तिक (रासस) : सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य ९बेलायत० का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

यो पनि – प्रधानमन्त्री देउवासँग स्पेनका प्रान्तीय सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको स्पनेको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडो नेतृत्वको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउन लागेकामा खुसी व्यक्त गर्दै त्यसमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउने कार्य र यस्ता भेटघाटले नेपाल–स्पेन कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । साथै उहाँले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि जलवायु परिवर्तनले नेपाललाई बढी असर गरेको उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको फाउण्डेसनका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

सो अवसरमा सभामुख ब्लान्का मार्टिन डेलगाडो व्यस्तताका बाबजुद पनि समय उपलब्ध गराउनुभएकामा प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्दै स्पेनमा फाउण्डेसनले बनाउने परियोजनाले बुद्धको जन्मभूमि नेपालका बारेमा थप प्रचारप्रसार हुने बताउनुभयो ।

यसले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले बुद्धजन्म भूमिबाट बुद्धको शान्तिको सन्देश स्पेनले संसारभर फैलाउन पाउँदा खुसी भएको उल्लेख गर्नुभएको थियो । भेटमा स्पेनका स्थानीय सरकारका प्रमुख, फाउण्डेसनका अध्यक्ष जोसे मानुयल भिलानोभा, उपाध्यक्ष गोविन्द सुवेदी, सचिव गिरीलगायत सहभागी हुनुुहुन्थ्यो ।