आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताउनुभएको छ । एकीकृत समाजबादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताउनुभयो ।

यो पनि – एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको कोटा थप भएको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने प्रस्ताव गरेकामा आजको केन्द्रीय कमिटीको बैठकले सङ्ख्या बढाएर एक हजार ९९९ कायम गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकले प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभर निर्वाचन गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा लागि प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोटिङ र समीक्षाको कार्यसूची राखिएको थियो । स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । बैठकमा महाधिवेशनमा प्रयोग गरिने विद्युतीय मतदातको नमूना अभ्यास गरिएको थियो ।

दुई केन्द्रीय सदस्यको सपथ

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराउनुभएको थियो ।