मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो : अध्यक्ष प्रचण्ड

मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो : अध्यक्ष प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको बताउनुभएको छ । यहाँ आज भएको माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक सङ्गठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहमा उहाँले भन्नुभयो, “मधेसको बलिदानले नै देशमा गणतन्त्र स्थापित भएको हो ।” उहाँले मधेशवादी दलसँग पार्टी एकता गरेको अगाडि बढ्ने विषयमा आफूले छलफल सुरु गरेकोसमेत बताउनुभयो ।

उहाँले पार्टी एकता गर्दा जसपाका नेतालाई सम्मानजनक स्थान दिन पनि आफू तयार रहेको बताउनुभयो । उक्त एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपेन्द्र यादव, महेन्द्रराय यादवलगायत नेताको नाम लिँदै सरकार निर्माणमा गठबन्धन भइसकेकाले अब पार्टी एकता गर्न सकिनेमा जोड दिनुभयो । मधेसी जनताको हितमा काम गर्न पार्टी एकताको प्रस्ताव आफूले गरेको उहाँले बताउनुभयो ।

आफू जनकपुर आएर पार्टी एकताको घोषणा गर्न तयार रहेको उहाँको भनाइ थियो । अहिलेको गठबन्धन सरकारले मधेसमा नागरिकतासम्बन्धी समस्याको चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेसले आफूलाई माया गरेको जनाउँदै आफूले मधेसबाट पाउने माया निरन्तर पाइराख्ने बताउनुभयो ।

यो पनि – लोकतन्त्र जोगाउन विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको हुँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताउनुभएको छ ।नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आज यहाँ आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसारपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उहाँले जनताले निर्माण गरेको संविधानको संरक्षण र जनताप्रति सम्मान नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले नीति र व्यक्तिवादी सोचबाट नभई विचार विधिबाट सञ्चालन गरी समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ मा गठवन्धन दलबीचको सहमति एवं निर्णयमा यो हप्ताभित्र राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले सरकारले बेमौसमले वर्षाबाट क्षति भएको किसानको धानबालीको क्षतिपूर्तिका लागि ६५ प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिँदै वर्तमान सरकार जनताको पक्षमा राम्रो कार्य गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउनुभयो ।

पोलिटव्यूरो सदस्य महजुद आलम, डा उद्धव पोखरेल, मोरङ अध्यक्ष चन्द्रवीर राई, पारुल क्षेत्री र नेकपा (माओवादी केन्द्र)का मोरङ संयोजक गणेश उप्रेतीले पार्टी वैकल्पिक शक्तिका रूपमा आगाडि बढिरहेको धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, नागरिक समाज एवं सञ्चारकर्मीको सहभागिता थियो ।