एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल

एकीकृत समाजवादी, नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चमा कँडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एकीकृत समाजवादी) निकट कार्यकर्ताको भेलाले राजु कँडेलका अध्यक्षतामा १०१ सदस्यीय नुवाकोट–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।पार्टी उपमहासचिव डा विजय पौडेल, केन्द्रीय सदस्य तथा नुवाकोट इञ्चार्ज राजेन्द्रप्रकाश लोहनी, जिल्ला नेता राम थापालगायतका उपस्थितिमा शनिबार यहाँ भएको भेलाले उपाध्यक्षमा गोमा आले, दीपक तामाङ र गोकर्ण थापा तथा सचिवमा सुदर्शन जिसीलाई चयन गरेको छ ।

सोही अवसरमा श्रीकृष्ण अधिकारीका अध्यक्षतामा २१ सदस्यीय युवा सङ्घ नेपाल सम्पर्क कमिटी पुनःगठन गरिएको छ भने नुवाकोटका १२ वटै स्थानीय तहका करिब सय जना व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी सम्पर्क विभागका प्रमुख डा पौडेल, एकीकृत समाजवादी नुवाकोटका संयोजक गोविन्द नेपाली, पूर्वसांसद लोहनी, नुवाकोट जिल्ला पार्टी सचिवालय सदस्य शान्ता अधिकारी, प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, सूर्य कँडेल, केपी लामिछाने, युवा सङ्घ केन्द्रीय उपमहासचिव रोशन थापा, केन्द्रीय सदस्य दीपेश चित्रकार, नुवाकोट इञ्चार्ज उद्धव पनेरू, नुवाकोट संयोजक सुरेश अधिकारीले यो पार्टीलाई क्रान्तिकारी बनाइने तथा युवालाई यथेष्ट स्थान दिइने बताउनुभयो ।

यो पनि – विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ कात्तिक (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ ।
बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको उहाँको भनाइ थियो । उहाँले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गर्नुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका सम्बन्धमा उहाँकोे ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुग्नुभएको हो ।

यो पनि – बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो ः प्रधानमन्त्री देउवा

लण्डन, १४ कात्तिक (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गर्नुभएको छ । नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गर्नुभयो । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः भीष्मराज ओझा÷रासस

प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गर्नुभयो । उहाँले भन्नुभयो,“संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।”

नेपालको प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताउनुभयो । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उहाँको भनाइ थियो ।

“संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो” प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उहाँले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताउनुभयो ।

लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

बेलायतको संसद्मा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उहाँले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो ।

समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गर्नुभएको थियो । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुग्नुभएको छ ।

आइतबार बिहान भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने र लण्डनस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । आइतबार साँझ उहाँ स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।