भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

भारतद्वारा विभिन्न देशका लागि नयाँ राजदूत नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतले विभिन्न देशका लागि नयाँ राजदूतहरू नियुक्त गरेको छ । अहिले माल्दिभ्सको राजदूत रहनु भएका सन्जय सुधिरलाई संयुक्त अबर इमिरेट्स (यूएई)का लागि राजदूतमा नियुक्त गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।उहाँ भारतको विदेश मामिला सेवामा सन् १९९३ मा प्रवेश गर्नुभएको हो । उहाँलाई माल्दिभ्सका लागि भारतीय राजदूतका रूपमा सन् २०१९ मा नियुक्त गरिएको थियो ।

त्यसैगरी स्पेनका लागि दिनेश के पटनायकलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उहाँ सन् १९९० मा भारतको विदेश मामिला सेवामा प्रवेश गर्नुभएको हो । उहाँ अहिले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महानिर्देशक हुनुहुन्छ ।मन्त्रालयले पवन कपुरलाई रुसका लागि राजदूत बनाइएको जनाएको छ । उहाँ पनि सन् १९९० मै विदेश मामिला सेवामा प्रवेश गर्नुभएको मन्त्रालयले जनाएको छ । उहाँ यसअघि इजरायलका लागि राजदूत हुनुुहन्थ्यो भने किभी, लण्डन र जेनेभालगायतका ठाउँका लागि भारतीय मिसनमार्फत काम गर्नुभएको थियो ।

यो पनि – भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।

आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।त्यसैगरी विद्यालय प्रवेश गर्नु अघि प्रवेशद्वारमा तापक्रम नाप्नु पर्ने, हातमा सेनिटाइजर लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ ।माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो । दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो ।