विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विशेष प्रतिनिधि भीष्मराज ओझा, ग्लास्गो, १६ कात्तिक (रासस) : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ ।

सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ ।

सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो । आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नुहुनेछ । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नुहुनेछ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार राति संयुक्त अधिराज्य आउनुभएको थियो । अक्टोबर ३१ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।

यो पनि – तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन

बनेपा, १६ कात्तिक (रासस) : तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला शाखाको अधिवेशन हुने क्रम तीव्रगतिमा भइरहेको छ । सङ्घको गतभदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले यही कात्तिक १५ गतेभित्रमा सबै जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णयानुसार अधिकांश जिल्ला शाखाले अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।

सङ्घका अनुसार अहिलेसम्ममा सात जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न रामेछाप जिल्ला अधिवेशनले सचेत घिसिङको अध्यक्षतामा सात सदस्यीय समिति निर्वाचित भएको छ । उपाध्यक्षमा दीपक लामा, सचिवमा रजिना घिसिङ, कोषाध्यक्षमा निशा मोक्तान र सदस्यमा क्रमशः एलिना घिसिङ, विनुमाया तामाङ र उोमन मोक्तान छन् । चितवन शाखाको तेस्रो जिल्ला अधिवेशनले बविलाल तामाङको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको छ भने ललितपुर शाखा अध्यक्षमा प्रकाश थिङको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै धादिङ, उदयपुर, मकवानपुरलगायतसात जिल्ला शाखाको अधिवेशन सम्पन्न भएको सङ्घका केन्द्रीय अध्यक्ष विष्णु मोक्तानले जानकारी दिनुभयो ।

गत सोमबार मात्रै सिन्धुपाल्चोक शाखा गठन गरिएको छ ।सङ्घका महासचिव र केन्द्रीय सदस्य नेत्र तामाङका उपस्थितिमा भएको भेलाले प्रितम गोले तामाङका अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । शाखाका उपाध्यक्षमा अश्म तामाङ, सचिवमा रर्साङ तामाङ र कोषाध्यक्षमा सञ्जय तामाङ पाख्रिन रहनुभएको छ । त्यस्तै सदस्यमा आस्मान लोप्चन, विपना तामाङ, फूलमान तामाङ, प्रकृति थिङ, निमा पाख्रिन र सीमा तामाङ छन् । भेलाले बागमती प्रदेश प्रतिनिधिमा शान्ति तामाङ र प्रकृति थिङलाई चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिका लागि लालकाजी तामाङ र कमला पाख्रिनलाई चयन गरेको छ । अन्य जिल्लामा अधिवेशन हुने क्रम जारी छ । सङ्घले कात्तिक ३० गतेभित्रका सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र छैटौँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ गते काठमाडौँ सम्पन्न गर्ने भएको छ । सङ्घको देशभरि १९ वटा शाखा र प्रवासमा दक्षिण कोरिया शाखा रहेको छ ।