नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अङ््कले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९८ अर्ब ७२ करोड ९४ लाख ५० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.२३, व्यापार ६९ र लगानी ०.१५ अङ्कले घटेको छ । होटल तथा पर्यटन ४१.७३, विकास बैंक १९१.३३, जलविद्युत् ४८.१५, वित्त ४८.१२, निर्जीवन बीमा १६४.९९, उत्पादन २९.१७, अन्य ७२.०५, लघुवित्त ०.७९, जीवन बीमा १६०.८१ र सामूहिक लगानी कोष ०.०२ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड ९७ लाख २३ हजार ४१५ बराबरको कारोबार भयो । यस्तै, कामना सेवा विकास बैंक रु २२ करोड १६ लाख ८० हजार ९९६, नेपाल पुनरबीमा कम्पनी रु २१ करोड ३४ लाख आठ हजार ४०६, नबिल बैंक रु २१ करोड १७ लाख ८६ हजार ५४० र लुम्बिनी विकास बैंक रु २० करोड ७४ लाख ६९ हजार ८२४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साहस ऊर्जा ९.९९,गुडविल फाइनान्स ९.१६, नेपाल पुनरबीमा कम्पनी ८.६८, कालिका पावर कम्पनी ८.२८ र रिडी हाइड्रोपावरका लगानीकर्ताले ८.२५ प्रतिशतले कमाए । त्यस्तै, विशाल बजार कम्पनी २.९५, नेपाल बङ्गलादेश बैंक २.७५, आरएमडिसी लघुवित्त २.६६, सामुदायिक लघुवित्त २.४२ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २ं१३ प्रतिशतले गुमाए ।

यो पनि – पार्टीभित्र रुपान्तरणको खाँचो ः वरिष्ठ नेता पौडेल

हेटौँडा, १६ कात्तिक (रासस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्वा उठाउनुपर्ने बताउनुभयो । “ काँग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धिकरणको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोल्नुभएको थियो ।