प्रदेशसभाको बैठक कात्तिक २२ गतेः मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

प्रदेशसभाको बैठक कात्तिक २२ गतेः मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनुहुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताउनुभयो ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । बागमती प्रदेशसभामा हाल १०९ सदस्य हुनुहुन्छ ।

यो पनि – मुख्यमन्त्री राजेन्द्रकुमार राईद्वारा सपथ

मोरङ, १६ कात्तिक (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उहाँलाई पद तथा गोपनीयता सपथ गराउनुभएको हो ।

यसैगरी, उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गर्नुभएको छ । गठित मन्त्रिपरिषद्मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले रहनुभएको छ । उहाँहरुलाई मुख्यमन्त्री राईले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री राई आफैंसँग राख्नुभएको छ ।

यो पनि : पार्टीभित्र रुपान्तरणको खाँचो : वरिष्ठ नेता पौडेल

हेटौँडा, १६ कात्तिक (रासस) : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्वा उठाउनुपर्ने बताउनुभयो । “ काँग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धिकरणको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोल्नुभएको थियो ।

यो पनि – पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् ।

शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । शुसितमका लागि कप्तान गोपाल कार्की, सुदीप कार्की, अशोक कार्की र जनक कार्की मुख्य खेलाडी हुन् । यस्तै कैलपालका लागि प्रदीप चन्द, महेश चन्द र राजु भाट भरपर्दा खेलाडी हुन् । उपाधि जित्न दुवै टोलीको ध्यान यी खेलाडीलाई चल्न नदिने हुनेछ ।

शुसितम लिग चरणमा कैलपालसँग सात विकेटको हारको बदला लिने रणनीतिमा छ भने कैलपाल उपाधि रक्षा गर्ने दाउमा छ । घरेलु मैदान र दर्शकको साथले शुसितम च्याम्पियन बन्ने प्रबल सम्भावना छ । यसका साथै गत महिना गोकुलेश्वरमा सम्पन्न दोस्रो संस्करणको खुला गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिताको फाइनल खेलमा कैलपालसँग सुपरओभरमा हारेको बदलासमेत लिने अवसर शुसितमलाई छ ।

सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा यही कात्तिक ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार प्राप्त गर्ने सुशितम युवा क्लबका उपाध्यक्ष हेमन्तसिंह कार्कीले जानकारी दिनुभयो । यस्तै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई रु तीन हजार ३३३ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि वीरेन्द्र नाथको कप्तानीमा रहेको दोगडास्टार क्लब, दोगडाकेदारले जितेको थियो ।