राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध छ ः गृहमन्त्री खाँण

राहतका थप कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध छ ः गृहमन्त्री खाँण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरा पीडितलाई थप राहत दिलाउन सरकार लागि परेको बताउनुभएको छ । धनकुटा, पाँचथर र इलामको बाढीपहिरा प्रभावित क्षेत्रको आज अवलोकनपछि उहाँले थप राहत प्रदान गर्नका लागि अनुगमन भइरहेको जानकारी दिनुभयो ।प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री खाँणले बाढीपहिराबाट मृत्यु भएका प्रतिपरिवारलाई रु दुई लाख, सोही घरका अन्य व्यक्तिको ज्यान गएको भए प्रतिव्यक्ति रु एक लाख राहत प्रदान गरिने निर्णय सरकारले गरिसकेको उल्लेख गर्दै यसमा के कति राहत थप गर्न सकिन्छ, त्यसका लागि प्रयास भइरहेको बताउनुभयो । घाइतेको निःशुल्क उपचार र बेपत्ता परिवारलाई समेत रु दुई लाख दिने सरकारले यसअघि नै घोषणा गरिसकेको उहाँले बताउनुभयो ।

गृहमन्त्री खाँणसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक विभागका प्रतिनिधिलगायतको टोलीले आज बढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको हो ।गृहमन्त्री खाँणले बाढीपहिरा पीडितको उद्धार र राहतमा खट्ने सबैलाई धन्यवाद दिदैं अझै पनि केही व्यक्ति बेपत्ता रहेको हुँदा उनीहरुको उद्धार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले विद्युत्, खानेपानी र सिँचाइका क्षेत्रमा बढी असर देखिएकाले त्यसतर्फ आफूहरुको ध्यान गएको बताउँदै किसानलाई राहतका लागिसमेत विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी गृहमन्त्री खाँणले आजै धनकुटाको चौबिसे गाउँपालिका, पाँचथरको तुम्बेवा गाउँपालिकासहित इलाम र सुनसरी जिल्लामा पुगेर प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्ने कार्यक्रम रहेको बताइएको छ ।

यो पनि – प्रदेशसभाको बैठक कात्तिक २२ गतेः मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनुहुने भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताउनुभयो ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने भएको हो । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । बागमती प्रदेशसभामा हाल १०९ सदस्य हुनुहुन्छ ।