नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका १३७ स्थानीय तहका विपन्न, दलित, अल्पसङ्ख्यक र सीमान्तकृत समुदायमध्येबाट एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको छ । यस्तै बैठकले लोपोन्मुख संस्कृति संरक्षणका लागि कार्यविधि निर्माण गर्ने निर्णय गरेको मन्त्री आङ्बोले बताउनुभयो ।

यो पनि – नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर देउसी–भैलो एवं अन्य नाचगानका कार्यक्रम राति ९ बजेसम्म मात्र गर्न सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीद्वारा आज जारी जारी विज्ञप्तिमा भनिएको छ ।

मादक पदार्थलगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिकस्थलमा होहल्ला झैझगडाजस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पार्ने कुनै पनि कार्य नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । पटकाजस्ता विस्फोटक वस्तुको उत्पादन ओसारपसार बिक्री वितरण एवं प्रयोग नगर्न नगराउन पनि भनिएको छ । विज्ञप्तिमा तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।