शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले सञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल कास्कीको पाँचाँै जिल्ला अधिवेशनको आज पोखरामा उद्घाटन कार्यक्रममा उहाँले प्रेसलाई नियमन आवश्यक रहे पनि अङ्कुश लगाउन नहुने बताउनुभयो । प्रेसका समस्या हल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “अहिले प्रेसका सम्बन्धमा ऐन, कानून र नियमनका कुरा उठेका छन् । कानूनभित्र रहने कुरालाई सबैले मान्नुपर्दछ । प्रेसलाई नियमन गर्नुपर्दछ तर अङ्कुश लगाउनुहुँदैन । यसको भूमिकालाई खुम्च्याउने, अपमानित गर्ने र निरुत्साहित गर्ने प्रवित्तिलाई रोक्नु आवश्यक छ ।”
मन्त्री पौडेलले बलिदानी पूर्ण सङ्घर्षबाट स्थापित प्रेस सेन्टर नेपालले जनपक्षीय पत्रकारिता र अग्रगमनको अगुवाइ गर्न सक्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर खोप, पूर्वाधार र तालिमलगायतका सहयोग गर्दैै आएको बताउनुभयो ।कार्यक्रममा प्रेस सेन्टरका अग्रज कोमलनाथ बराल, गण्डकी प्रदेशका इञ्चार्ज त्रिभुवन पौडेल, प्रदेश संयोजक अर्जुन काफ्ले पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले प्रेस स्वतन्त्रताका लागि सरकारले भूमिका खेल्नुपर्ने र प्रेसमैत्री कानून निर्माण गर्नुपर्ने बताउनुभयो ।
कास्की अध्यक्षमा दवाडी
प्रेस सेन्टरको आज सम्पन्न पाँचौँ अधिवेशनले कृष्ण दवाडीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दीनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सहसचिवमा सुरेशराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चयन हुनुभयो । यसैगरी सदस्यमा श्रीभद्र पौडेल, बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लीलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी र बाबुराम सुवेदी रहनुभएको छ ।
यसैगरी पोखरा महानगर संयोजकमा शिवराज बस्ताकोटी ‘शिवु दाइ’, अन्नपूर्ण गाउँपालिका संयोजकमा श्रीभद्र पौडेल र रुपा गाउँपालिका संयोजकमा सुरेशराज अधिकारी रहनुभएको छ । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, विश्वप्रकाश लामिछाने, विश्व सुवेदी, सन्देश श्रेष्ठ, निर्मला न्यौपाने, कृष्णमाया पोखरेल, रोशनी गुरुङ र दीपक परियार चयन हुनुभयो ।
यसैगरी प्रदेश प्रतिनिधिमा घनश्याम पाण्डे, विमल आचार्य, सविन जिसी, सुनिल पाण्डे, कमल गौली, कुमारी बुढा, राजेन्द्र खत्री, सन्तोष परियार, विनु थापामगर, लक्ष्मण भण्डारी, सपना विक र लक्ष्मी सुनार चयन हुनुभएको निर्वाचन समितिका सदस्य शिव सुनारले जानकारी दिनुभयो ।



प्रतिक्रिया