जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ

जुवा खेलिरहेको अवस्थामा १७ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १९ कात्तिक (रासस) : दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका–३ बसौलागाउँमा आज कौडा खेल्दै गरेको अवस्थामा रु एक लाख ५६ हजार ५४० सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । त्यस्तै कौडाका १६ वटा गोटीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भइनसकेको र अनुसन्धानकै क्रममा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार उनीहरुलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीकासमेत प्रहरी चौकीमै लगाउने भएका छन् । पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

यो पनि – नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल

महोत्तरी, १९ कात्तिक (रासस) : रक्षा मन्त्री डा मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा रिजालले इमान्दारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गर्नुभयो ।

“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन”, मन्त्री रिजालले भन्नुभयो, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकुल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा रिजालको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनु भएका डा रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा कांग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताउनुभयो । डा रिजालले यो जिम्मेवारी निर्वाहका लागि कांग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गर्नुभयो ।

भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा रिजालले सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गर्नुभयो ।