ग्याँसको सिलिण्डर पड्किएर ललिपुरको मंगलबजारमा ४ जनाको मृत्यु, २ घाइते

ग्याँसको सिलिण्डर पड्किएर ललिपुरको मंगलबजारमा ४ जनाको मृत्यु, २ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । शुक्रबार साँझ ललितपुरको मंगलबजारस्थित एक घरमा ग्यासको सिलिन्डर पड्किदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै अन्य दुई जना घाइते भएका छन । म्ह पूजा सकाएर खाना पकाउन लाग्दा ग्याँस सिलिण्डर पड्किदा उक्त घटना भएको हो । मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् ।

प्रहरीका अनुसार दुई जना घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ । ग्यासको सिलिन्डर पड्किएपछी घरमा आगलागी भएको छ । पहिले देखि नै ग्यास लिक भएको र खाना पकाउनलाई ग्यास बाल्दा एक्कासि आगालागी भएको हुन सक्ने एक स्थानीयले बताए । आगो बलेको केहि बेर मै ग्यासको सिलिन्डर पड्किएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – दुई लाख ६८ हजार नगदसहित जुवाखालबाट १५ पक्राउ

भक्तपुर, १९ कात्तिक (रासस) : प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट आज बिहान रु दुई लाख ६८ हजार ३९० सहित (जुवा)कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ । बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित २०९ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

बयालीस वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय वीरवल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा, ३५ वर्षीय मनकुमार तामाङ, ३६ वर्षीय दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षीय वीरबहादुर तामाङ, २४ वर्षीय कुमार तामाङ, ३५ वर्षीय सुरज लामा र ३४ वर्षीय दीलिप तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरीले गोरखा जरङ गापा–४ घर भई, चाँगुबस्ने ३७ वर्षीय सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका–६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङ, २१ वर्षीय राजकुमार तामाङ, २९ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय सोनाम लामा र ३५ वर्षीय मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिनुभयो ।

बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।