सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, १९ कात्तिक (रासस) : जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँकाअनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलता कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिष्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत कात्तिक १० गते मेरापिक पुगेका थिए ।

यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो । सोही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउण्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ ।

यो पनि अक्सिजन प्लान्टको उद्घाटन

रोल्पा, १९ कात्तिक (रासस) : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गर्र्नुभएको छ । रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएकोहो । सङ्घीय सरकारको रु ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताउनुभयो । “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, मुख्यमन्त्री केसीले भन्नुभयो ।

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री केसीले आजै सीता महरा स्मृति पार्ककोसमेत उद्घाटन गर्नुभयो । पूर्वसभामुख कृष्णबहादुर महराको पत्नी सीताको स्मृतिमा रोल्पा नगरपालिका–१ मेवाङमा उक्त पार्क बनाइएको हो ।

पार्क उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केसीले सीताले बालबच्चा बोकेर जनयुद्धमा सहभागी भएको स्मरण गर्नुभयो । तत्कालीन राज्यसत्ताले घरमा बस्न नदिएपछि महराको सपरिवार जनयुद्धमा सहभागी भएको थियो । सीता महराको अघिल्लो वर्ष निधन भएको थियो ।

सीता महरा स्मृति फाउण्डेशनद्वारा आयोजित पार्क उद्घाटन कार्यक्रमको सभापतित्व सीताका पतिसमेत रहनुभएका पूर्वसभामुख महराले गर्नुभएको थियो । उक्त पार्क सङ्घीय सरकारको रु ३० लाख बजेटमा निर्माण गरिएको हो ।