इराकी प्रधानमन्त्रीको ह.त्या प्रयास

इराकी प्रधानमन्त्रीको ह.त्या प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२१ कात्तिक (रासस÷सिन्ह्वा) ः इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको ह.त्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको .ह.त्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् । इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उहाँमाथी अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आ.क्रमण गरेको उल्लेख गरिएको छ ।

घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उहाँलाई कुनै असर नपरेको र उहाँको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उहाँलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो ह.त्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गर्नु भएको छ । उहाँले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गर्नु भएको छ ।

अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उहाँको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आ.क्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आ.क्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भत्र्सना गर्दै आ.क्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आ.क्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ ।