सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा परी छ जनको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छ्रैन ।

यो पनि – गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो । त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एम्बुलेन्समा चालकसहित सात जना सवार थिए । अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभएको छ । मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।