‘मौलिक कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ’ : अर्थमन्त्री रामजी बराल

‘मौलिक कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ’ : अर्थमन्त्री रामजी बराल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २१ कात्तिक (रासस) : पोखरास्थित फेवा टेलिभिजनद्वारा सञ्चालित फेवा चौतारी सांस्कृतिक टिमले आज आयोजना गरेको देउँसीभैलो कार्यक्रममा गण्डकी प्रदेशका तीन मन्त्री छम्छम्ती नाच्नुभएको छ । अर्थमन्त्री रामजी बरालको निवासमा आयोजित कार्यक्रममा मन्त्री बरालसँगै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले एउटै मञ्चमा देउसी भैलो कार्यक्रममा नृत्य प्रदर्शन गर्नुभएको हो ।

नेपालको मौलिक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा उहाँहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा दिगो रुपमा लाग्न सुझाव दिनुभएको छ । पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रशय पाइरहेको अवस्थामा नेपाली लोक भाकासहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थमन्त्री बरालले बताउनुभयो ।

यसैबीच अर्थमन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक टोलीलेसमेत देउसीभैलो कार्यक्रम आयोजना गरेका थिए । प्रदेशसभा सदस्य पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालसहितको टोली देउसीभैलोमा सहभागी हुनुभएको थियो ।

यो पनि – सल्यानमा बस दुर्घटना: सात जनाको मृत्यु

सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।

बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।

यो पनि – सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा परी छ जनको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छ्रैन ।