व्यथित–सिन्धु प्रतिभा सम्मान घोषणा

व्यथित–सिन्धु प्रतिभा सम्मान घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक (रासस) : कवि केदारमान व्यथितका पहलमा स्थापित व्यथित–सिन्धु प्रतिभा सम्मान कोषका तर्पmबाट प्रदान गरिने व्यथित–सिन्धु प्रतिभा सम्मानबाट यस वर्ष वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेललाई सम्मानित गरिने भएको छ । पौडेल अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक पनि हुनुहुन्छ ।

यस्तै कोषका तर्पmबाट वार्षिक रुपमा अर्पण गरिने सिन्धु प्रतिभा सम्मानबाट सिन्धुपाल्चोकका कवि जीवन श्रेष्ठलाई सम्मानित गरिने निर्णय भएको छ । कोषले सञ्चालन गरिआएको सिन्धु प्रतिभा सम्मानका क्रममा सम्मानित प्रतिभामा सम्मानका साथ दुवै प्रतिभालाई समान गरिने र सोको राशी जनही रु १० हजार हुने कोषका अध्यक्ष भारद्वाज मित्रले जानकारी दिनुभयो । कवि व्यथितको जन्मजयन्तीको अवसरमा यही कात्तिक २७ गते ती सम्मान अर्पण गरिने जनाइएको छ ।

यो पनि – घोषणा हुँदै एकीकृत समाजवादी निकट प्रेस सङ्गठन

काठमाडौँ, २१ कात्तिक (रासस) : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ । संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।

सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ । सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ । त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ । काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन ।

यो पनि – तिहार सकिएसँगे छठको तयारी

काठमाडौँ, २१ कात्तिक (रासस) : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले राससलाई जानकारी दिनुभयो ।

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । एउटा छठ घाट पूजाका लागि रु एक हजार १०० शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उहाँले सुनाउनुभयो । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ ।

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको समितिका सचिव यादव बताउनुहुन्छ । नयाँ अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ ।

दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ । विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।