महेन्द्रनगर, २१ कात्तिक (रासस) : सशस्त्र प्रहरी बलले आज कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ । यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ ।
“दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले उद्धार गरी वन कर्मचारीको जिम्मा लगाएको हो”, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले भन्नुभयो, “सीमाको सुरक्षासँगै वन्यजन्तुको उद्धारमा पनि हामी सक्रिय छौँ ।”
यो पनि – ‘मौलिक कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ’ : अर्थमन्त्री रामजी बराल
गण्डकी, २१ कात्तिक (रासस) : पोखरास्थित फेवा टेलिभिजनद्वारा सञ्चालित फेवा चौतारी सांस्कृतिक टिमले आज आयोजना गरेको देउँसीभैलो कार्यक्रममा गण्डकी प्रदेशका तीन मन्त्री छम्छम्ती नाच्नुभएको छ । अर्थमन्त्री रामजी बरालको निवासमा आयोजित कार्यक्रममा मन्त्री बरालसँगै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले एउटै मञ्चमा देउसी भैलो कार्यक्रममा नृत्य प्रदर्शन गर्नुभएको हो ।
नेपालको मौलिक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा उहाँहरुले नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा दिगो रुपमा लाग्न सुझाव दिनुभएको छ । पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रशय पाइरहेको अवस्थामा नेपाली लोक भाकासहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थमन्त्री बरालले बताउनुभयो ।
यसैबीच अर्थमन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक टोलीलेसमेत देउसीभैलो कार्यक्रम आयोजना गरेका थिए । प्रदेशसभा सदस्य पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालसहितको टोली देउसीभैलोमा सहभागी हुनुभएको थियो ।
यो पनि – सल्यानमा बस दुर्घटना: सात जनाको मृत्यु
सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो ।
बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकीे छ ।
यो पनि – सल्यानमा बस दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सल्यानमा बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना२ख २५५२ नं को बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो ।दुर्घटनामा परी छ जनको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा दुईजना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । बस सडकभन्दा करिब २०० मिटर तल खसेको छ । बसमा करिब ४० जना यात्रु रहेको अनुमान गरिएको छ । प्रहरीले मृतक तथा घाइतेको विवरण सङ्कलन गरिरहेको जनाएको छ । दुर्घटनाका कारण खुलिसकेको छ्रैन ।



प्रतिक्रिया