चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, कार्तिक २१ (रासस-सिन्ह्वा) – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार पनि केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। आइतबार बिहानदेखि सोमबार बिहानसम्म हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ।

यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ । केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ । चीनमा चार किसिमको रंग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ सञ्चालनमा छ जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी सङ्केत गर्दछ ।

यो पनि – भियतनाममा चीनद्वारा निर्मित सहरी रेलवे सञ्चालनमा

हनोई, कार्तिक २१ (रासस-सिन्ह्वा), भियतनामी राजधानी हनोईका अधिकारीहरूले शनिबार चीनद्वारा निर्मित क्याट लिन्ह-हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् । उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ।

मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म नि:शुल्करूपमा आवतजावत गर्न सक्नेछन् । शनिबार बिहान नि:शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

” अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन,” हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा १,000 यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो । प्रति यात्रुह टिकटको मूल्य ३0,000 भियतनामी मुद्रा हुनेछ ।