भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

भाइटीकाको दक्षिणा अनाथाश्रमलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २२ कात्तिक (रासस) : समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् ।

भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने र माइतीको सम्झना साँट्ने चलन हुन्छ तर ती उनीहरूले आफूले पाएको दक्षिणा कन्सन बाजुराद्वारा सञ्चालित बाल अनाथाश्रमलाई सहयोग गरेका हुन् । अहिले आश्रममा १३ अनाथ बालबालिका आश्रित छन् ।

आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहिनीको प्राप्त रकम सस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गर्नुभएको थियो । रकम थोरै भए पनि आफूहरूको खुसी साहराविहीन बालबालिकालाई बाँड्न खोजेको सविताले जानकारी दिनुभयो । मनकारी र सहयोगीले नै बाल आश्रम सञ्चालन गर्न सहज र साहस भएको सस्थाका अध्यक्ष थापाले बताउनुभयो ।

यो पनि – मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

गलेश्वर, २२ कात्तिक (रासस) : खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ ।

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । गाउँबाट गत वर्ष करिब रु ५० लाखको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब रु ८० लाखको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिनुभयो । पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी उक्त सुन्तला खरिद गरेका हुन् । अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । उहाँले आफ्नो सुन्तलाबारीबाट गत वर्ष रु दुई लाख २७ हजारको सुन्तला बिक्री भएको र अहिले गत वर्षको भन्दा राम्रो फलेकाले करिब रु तीन लाख आम्दानी हुने अनुमान गरेको बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार गत वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले रु एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले रु एक लाख ४३ हजार, मठबोटका रविलाल छन्त्यालले रु एक लाख ७८ हजार, टेकबहादुर श्रीसले रु एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले रु एक लाख एक हजारको सुन्तला बिक्री गरेका थिए । यस वर्ष सबै किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।

सुन्तला बगैँचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मङ्गला गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलोपटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र सङ्कलन गर्न सुरुआत गरिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताउनुभयो । “अर्मनको शिशुकल्याण माविमा सङ्कलन गरिएको मानवमूत्र प्रतिलिटर रु २५ मा खरिद गरी सुन्तला खेतीमा प्रयोग ग¥यौँ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौँ”, उहाँले भन्नुभयो । यसका साथै प्रत्येक घरघरमा पनि मानवमूत्र सङ्कलन गरिँदै आइएको छ । सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थाले पछि यहाँका कृषक थप उत्साहित बनेका छन् । समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मङ्गला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।