सल्यानमा जीप दुर्घटना हुदा एकको मृत्यु,१९ जना घाइते

सल्यानमा जीप दुर्घटना हुदा एकको मृत्यु,१९ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गर्दा सोमबार दाङको बबई गाउँपालिका –२, एक्लेबरमा दुर्घटना भएको भे १ ज ५२२ नम्बरको यात्रुवाहक जीप । जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । तस्बिरः नारायणी रजौरे÷रासस

घाइते १९ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप चालक फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गर्दा दाङको बबई गाउँपालिका –२, एक्लेबरमा भे १ ज ५२२ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी दङ्गीशरण गाउँपालिका–२ का ३० वर्षीया पार्वती वलीलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ पठाइँदै । तस्बिरः नारायणी रजौरे÷रासस

यो पनि – काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुदा २२ वर्षीय युवकको मृत्यु

काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो । सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो पनि – बो.क्सीको आरोपमा मलमूत्र खुवाउने चारजना जेल

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बो.क्सीको आरोपमा एक महिलालाई मानव म.लमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो छोरा सिकिन्दर र कान्छो छोरा अनिललाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।

बडादसैँको सप्तमीका दिन बिहान ३ बजे स्थानीय शम्भु महतोकी पत्नी ४२ वर्षीया सुकमरियादेवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दर महतोको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि सिकिन्दरसहितपरिवारका चारै जनाले सुकमरियाले नै जादु र टुनामुना लगाएको भन्दै उनलाई समातेर मलमूत्र खुवाउनुका साथै अ.पमानजनक व्यवहार गरेका थिए ।

सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल का.टिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतोले दलेर मानव मलमूत्र खुवाएका थिए । सो घटनामा प्रहरीले कात्तिक १ गते अभियुक्तहरूलाई पक्राउ गरेको थियो ।

यो पनि – सर्वोच्च अदालतमा आज बन्दीका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नु भएको छ । बन्दीप्रत्यक्षीकरणका छ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदी, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी, न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्मा रहनुभएको छ ।

एकल इजालसमा न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश डा कुमार चँुडाल रहनुभएको छ । सबै पेसीमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र रहेका छन् । यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।

सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि तोकिएको मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन नसकेकाले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।