प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जानु हुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ ।
यो पनि – कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो
नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।
कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक÷दुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुग्ने बताउनुभयो ।
रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी रहेको कांग्रेसले जनाएको छ । रौतहटको तीनवटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गिएसँगै देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको हो ।
कांग्रेसले पछिल्लो समय सदस्यता विवाद टुङ्गोमा पु¥याएको जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका समेत प्रकाशित गरिसकेको छ भने सोही जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्दैछ ।



प्रतिक्रिया