बाढीपहिरोबाट भएको क्षतिको मुख्य मन्त्रीद्वारा निरीक्षण

बाढीपहिरोबाट भएको क्षतिको मुख्य मन्त्रीद्वारा निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पु¥याएको क्षतिको अवलोकन गर्नुभएको छ । गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६ को एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चङ्खेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा आएको बाढीपहिरोले क्षति पु¥याएको थियो।

सिमिकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिन र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै ४१ घर उच्च जोखिममा रहेका, १४४ परिवारको ३३२५० क्विन्टल अन्नबाली क्षति भएको र १० वटा पशु चौपायाको मरेको जानकारी दिनुभयो ।