चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य हिताधीकारीलाई समेत उपलब्ध हुनेछ । कोभिड–१९ विरुद्धको लडाईंमा यस्ता सहयोगबाट सेना जनताको सेवामा थप प्रभावकारीरुपमा लाग्न सक्षम हुने सेनाले विश्वास लिएको छ ।

यो पनि – बीस महिनापछि अमेरिकी सीमा खुला हुँदै
२२ कात्तिक (रासस÷एएफपी ) ः कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले सोमबारबाट आफ्नो सीमा खुला गर्दैछ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय लागू गर्न लागेको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ का कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाउनु भएको थियो । ब्रिटेन र युरोपेली संघका देशहरुसहित ३० भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन । यस प्रतिबन्धको कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको थियो ।
नयाँ नियमसँगै विमानसेवाहरुले आगन्तुकहरूको आउने जाने क्रम बढ्ने अपेक्षा गरेका छन् । आगन्तुकहरूको खोपको अवस्थालाई निकै सजगतापूर्वक हेरिने अधिकारीहरूले बताएका छन् । युनाइटेड एअरलाइन्सले अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रु ५० प्रतिशतले बढ्ने अपेक्षा गरेको छ । डेल्टा एअरलाइन्सका प्रमुखले केही यात्रुहरु पालो पर्खेर बस्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।
अब यात्रुहरूले उड्नुअगावै पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र, यात्राको तीन दिन भित्रको कोभिड नेगिटिभ देखिएको परीक्षण र आफ्ना सम्पर्क विवरणहरू बुझाउनुपर्नेछ ।अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका सात मुख्य खोपहरूलाई त्यसक्रममा मान्यता दिइँदैछ । कोभिड फैलनबाट रोक्ने उद्देश्यले सन् २०२० को सुरुतिरै चिनियाँ यात्रुहरूलाई अमेरिका आउन रोकिएको थियो र त्यसपछि प्रतिबन्ध अन्य देशका लागि विस्तार गरिएको थियो ।



प्रतिक्रिया