स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा अर्याल

स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा अर्याल

39
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिस्बन, २२ कात्तिक (रासस) : स्याङ्जा सहयोग समाज पोर्चुगलको तेस्रो अधिवेशनले अर्जुन अर्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । लिस्बनमा सम्पन्न अधिवेशनले अर्याललाई दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो । समाजको उपाध्यक्षमा रेखा रेग्मी, विशाल पराजुली र देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवमा सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदीलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी, यज्ञप्रसाद डुम्रे, सुदन काफ्ले, पदम कुंवर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर, सुदिप थापा, धर्मगत चापागाईं, कृष्ण सेन र विश्वास राना चयन हुनुभएको छ । यस्तै समाजले चार सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारमा विमल गौतम, विपिन अर्याल, आकाश किरण श्रेष्ठ र राजेन्द्रप्रसाद डुम्रेलाई चयन गरिएको छ ।

यो पनि – भिरबाट लडेर महिलाको मृत्यु

बैतडी, २२ कात्तिक (रासस) : खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन् । घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिनुभयो ।

यो पनि – थप ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २२ कात्तिक (रासस) ; देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १४ हजार ९२९ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ८३६ रहेको छ । पछिल्लो समय थप ४२५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ८२२ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा थप पाँच जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६५४ रहेको छ ।

यो पनि – देउसी भैलोबाट जुट्यो रु एक लाख १४ हजार

काठमाडौँ, २२ कात्तिक (रासस) : मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले देउसी भैलोबाट रु एक लाख १४ हजार सहयोग जुटाएको छ । सहयोग मानव अधिकार र सामाजिक काममा खर्च गरिने जिल्ला शाखा काठमाडौँका कार्यवाहक सभापति भगवान् पुडासैनीले जानकारी दिनुभयो । समाजले विगत वर्षदेखि नै तिहारका अवसरमा देउसी भैलो खेली सामाजिक गतिविधि गर्न कोष खडा गर्दै आएको उहाँले सुनाउनुभयो ।

नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायत २०० जना बढी अभियानकर्मीको सक्रियता थियो ।