रम्भा गाउँपालिकाद्वारा शिक्षकको दुर्घटना बीमा

रम्भा गाउँपालिकाद्वारा शिक्षकको दुर्घटना बीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पाको रम्भा गाउँपालिकाले शिक्षक र कर्मचारीको दुर्घटना बीमा गरेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत ४५० शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना बीमा गरिएको हो ।  गाउँपालिकाले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी बीमा गरेको हो । पालिकाका ३७ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको बीमा गरिएको हो । एक वर्षका लागि गरिएको उक्त सम्झौता अनुसार बिमितको दुर्घटनामा परेर घाइते भएमा रु ३० हजारसम्मको रकम दाबी तथा मृत्यु भएमा मृतकका परिवारलाई रु तीन लाख रकम भुक्तानी हुनेछ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा पेशाप्रतिको मनोबल बढाउन शिक्षक र कर्मचारीको निःशुल्क दुर्घटना बिमा गरिदिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यो पनि – श्रीमतीको ह.त्याको आरोपमा एक पक्राउ

चन्द्रौटा, २२ कात्तिक (रासस) : कपिलवस्तुमा श्रीमतीको ह.त्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् । पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर ह.त्या गरी उनी भारततर्फ फरार भएका थिए ।

लोनियालाई खोजतलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कङ्काल गत असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताउनुभयो ।

उहाँले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्लादेशबाट आयात भएको बताउनुभयो ।

मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा रु ३४ करोड पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ ।

उहाँका अनुसार भारतबाट रु २३ करोड ९२ लाखको धान र रु आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा रु १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ । –––