कैलालीमा पसलेको ह.त्या गरेको आ.रोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिकाक–३ का १८ वर्षीय जीवन ठकुरी शाही रहेका छन् । कैलालीको घोडाघोडी नगरपालिका घर भई मोहन्याल गाउँपालिका–सिम्ली खोलामा पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय पदम आचार्यको शाहीले रड प्रहार गरी ह.त्या गरेको आरोप छ । मोहन्याल गाउँपालिका–४ स्थित म.हरा निर्माण सेवाको टिप्परमा सहजकर्ताको काम गर्दै आएका शाहीले मृतक आचार्यको पसलमा खाना खाने गरेका थिए । तिहारका बेला उनी उक्त निर्माण सेवाको रेखदेखमा खटिएका थिए । आइतवार राति शाही र आचार्यबीच पसलमा झ.गडा भएको प्रहरीले जनाएको छ । आचार्यको घटनास्थलमै मृत्यु भएको थियो ।
घट्नापछि फरार भएका शाहीलाई बाँके प्रहरीको सहयोगमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडको टोलीले नेपालगञ्जबाट पक्राउ गरेको हो ।
यो पनि – श्रीमतीको ह.त्याको आरोपमा एक पक्राउ
चन्द्रौटा, २२ कात्तिक (रासस) : कपिलवस्तुमा श्रीमतीको ह.त्याको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको महाराजगञ्ज नगरपालिका–११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् । पैंतीस वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलवस्तु साझेदारी सामुदायिक जङ्गलमा लगेर ह.त्या गरी उनी भारततर्फ फरार भएका थिए ।
लोनियालाई खोजतलास गर्ने क्रममा यही कात्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका–९ डुमराबाट इलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भदौ १५ गतेदेखि हराएकी चिन्काको शवको कङ्काल गत असोज १७ गते जङ्गलमा फेला पारेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो
पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८÷७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताउनुभयो ।
उहाँले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्लादेशबाट आयात भएको बताउनुभयो ।
मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनामा रु ३४ करोड पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ ।
उहाँका अनुसार भारतबाट रु २३ करोड ९२ लाखको धान र रु आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा रु १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, लसुन, मजिठो, अग्र्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ । –––



प्रतिक्रिया