नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गर्नुभएको छ ।एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।
यो पनि – औषधि व्यवस्था विभागको पुनःसंरचना गरिने : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताउनुभएको छ । विभागले आज यहाँ आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उहाँले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत बताउनुभयो ।
उहाँले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राख्नुभयो । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताउनुभयो । उहाँले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिनुभयो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन् । उहाँले २०७२ सालमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ३२८ जनाको दरबन्दी प्रस्ताव गरे पनि अझै स्वीकृत नभएको बताउनुभयो । उहाँले कम दरबन्दीले गर्दा विभागले राम्रोसँग काम गर्न नसकेको बताउनुभयो । विभागमा २० हजार ब्रान्डका औषधि र १५ हजार व्यवसायी दर्ता भएका छन् ।
प्रतिक्रिया