लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर ह.त्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो । खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो पनि – दुर्घटनामा एकको मृत्यु
हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश३००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएका मोटरसाइकल चालककोे सनाखतका लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ठक्कर दिने ट्रक चालक फरार भएकाले निजको खोजतलास भइरहेको छ । मृतक पुरुषको उमेर अन्दाजी ३०÷३२ वर्ष रहेको अनुमान गरिएको छ



प्रतिक्रिया