शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ ।

यो पनि – ‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा

कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ ।

कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकार आउँदैछन् । कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा ६ कार्यपत्र प्रस्तुत हुने तथा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम हुने समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने एवं साहित्यकार श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसीकाव्य पुरस्कार २०७८ प्रदान गरिने कार्यक्रम छ ।

यसैगरी आख्यानकार श्याम शाह, गायत्री अधिकारी र शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक एवं निबन्धकार डिआर शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ । यसै अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ ।