इराकी प्रधानमन्त्रीको ह.त्या प्रयासको राष्ट्रसंघद्धारा निन्दा

इराकी प्रधानमन्त्रीको ह.त्या प्रयासको राष्ट्रसंघद्धारा निन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२३ कात्तिक (रासस÷सिन्ह्वा) ः इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको ह.त्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले सो ह.त्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो । गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन ह.मला भएको थियो । प्रधानमन्त्रीलाई ह.त्या गर्ने उद्देश्यले ड्रोन ह.मला गरिएको अनुमान गरिएको छ ।

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उहाँको हत्याका लागि सो ड्रोन ह.मला भएको बुझिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आ.क्रमणमा प्रधानमन्त्री सुरक्षित रहनुभएको छ । इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ । राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ । साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ ।

सो विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ जहिले पनि शान्त, सार्वभौम र प्रजातान्त्रिक इराकको पक्षमा रहेको पनि स्पष्ट गरिएको छ । सो आ.क्रमणको घटनाको जिम्मा कुनै समूहले लिएको छैन । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्ने गर्छ । यसैकारणले पनि प्रधानमन्त्री कादिमी सुरक्षित रहनुभएको बताइएको थियो । ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आ.क्रमणमार्फत ह.त्या प्रयास भएको इराकी सरकारले जारी गरेको एक विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबै संयमित रहनु पनि अपिल गर्नुभएको छ ।