सन्चै घरमा छोडेर हिडेका विक्कीको आमा घर फर्किदा रहिनन्

सन्चै घरमा छोडेर हिडेका विक्कीको आमा घर फर्किदा रहिनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चित कमेडी शो ‘कमेडी च्याम्पियन सिजन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी विक्कीका आमा दुर्गा मगरको मंगलबार साझ असामयिक निधन भएको हो । मंगलबार ३ बजे विक्की मिटिङका लागि भन्दै आमालाई छाडेर कोठाबाट निस्किएका थिए । तर, बेलुकी ७ बजे कोठामा फर्किदा उनकी आमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

आफ्नो आमालाई कोठामा अचेत अवस्थामा पाएका विक्कीले तत्काल चावहिलको मेडिकेयर अस्पताल पुर्‍याइए पनि डाक्टरहरुले उनलाई मृत घोषित गरेको थियो । सिक्किमका स्थायी वासिन्दा विक्की कमेडी च्याम्पियनमा सहभागी हुन नेपाल आएका थिए । कमेडी च्याम्पियन शो सकिएपछि घर फर्किएका विक्की र उनकी आमा दुर्गा नेपालको तिहार हेर्न तथा छोरालाई सेटल गराउन भनेर भाइटीकाको दिन नेपाल आएका थिए।

कमेडीयन तथा कमेडी च्याम्पियनका जज मनोज गजुरेल विक्कीलाई सम्हालिन भन्दै लेक्छं – ‘प्रिय विकी अग्रवाल, तिमी आमाको मृत्युको दोषी हैनौ, सायद यति नै थियो उहाँको आयु Stay Strong Man दिउँसो ३ बजे घरमा सकुसल छोडेर बाहिर हिंडेका तिमी ४ घण्टापछि फर्कँदा आमालाई मृत पाउँदा कुन छोरालेआफुलाई सम्हाल्न सक्छ ! प्रिय विकि, तिम्रो आमाको देहान्तले हामी मर्माहत भएका छौँ । उहाँको आत्माले शान्ती पाओस् । परिवारका सबै सदस्यहरुमा सहन सक्ने शक्ति प्राप्त होस् । त्यो छोटो भेटमा लामो माया लाउनु भएको थियो दुर्गा भाउजू, स्वर्गमा बास होस् ‘

यो पनि – पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।

दुई जिल्लामा सङ्क्रमित शून्य

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको निधन भएको छ ।

हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् । देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन् ।