प्रहरीले कास्कीमा ला.गुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम–७४ एम्पुल, बरुफिनुर्फिन–७० एम्पुल र फेनेरागन–७२ एम्पुल बरामद गरिएको छ । दुवै जनाको कास्की जिल्ला अदालतबाट ला.गुऔ.षधसम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।
यो पनि – छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
जिल्ला अदालतबाट विसं २०६६ वैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद स.जाए तोकिएपछि फरार रहेका प्रतिवादीलाई प्रहरीले सोमबार कपिलबस्तुबाट पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई आज जिल्ला अदालतमा बुझाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
त्यस्तै सामूहिक ज.बरर्जस्ती क.रणी गरेको आरोपमा कैद सजाए पाएका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरियाका २८ वर्षीय सुवास चौधरी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी तुलसीपुर–४ नयाँ बस्तीका टोपबहादुर पुनको ह.त्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर– ४ गहतेराका रेशम थापा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
घर नजिकैको जङ्गलमा लुिकछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्न सोही ठाउँका विनोद राना र खिमबहादुर राना फरार छन् । गत शनिबार राति लठ्ठी र धारिलो ह.तियार प्रयोग गरी पुनको हत्या भएको प्रहरीले जनाएको छ । मृतक पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।



प्रतिक्रिया