जलवायु परिवर्तनसम्बन्धी समाचारमा विज्ञानका तर्क समावेश गर्न सुझाव

जलवायु परिवर्तनसम्बन्धी समाचारमा विज्ञानका तर्क समावेश गर्न सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पु¥याउन सम्बन्धित क्षेत्रका अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीले अनिवार्यरुपमा समेटनुपर्नेमा जोड दिइएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारले सो सुझाव दिनुभएको हो । नेफेजले जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत् र बाढीपहिरोमा पारेको असरबारे सञ्चारकर्मीलाई प्रदान गरेको लेखनवृत्तिअन्तर्गत प्रकाशित स्थलगत समाचारको समीक्षात्मक कार्यक्रममा विज्ञ र सञ्चारकर्मीको अन्तक्र्रिया गरिएको हो । नेफेजले इकोनोमिक पोलिसी इन्क्युवेटर (इपीसी)सँग मिलेर तीनजना सञ्चारकर्मीलाई लेखनवृत्ति प्रदान गरेको थियो ।

कार्यक्रममा समाचार सङ्कलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र विज्ञहरुको प्रस्तुति गरिएको थियो । विज्ञहरुले सञ्चारकर्मी र पत्रकारले नियमितरुपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेटन आग्रह गर्नुभएको थियो । उहाँहरुले जलवायु परिवर्तनको विज्ञान, अध्यनन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरु अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गर्नुभयो ।

कार्यक्रममा जलस्रोत विज्ञ अजय दीक्षितले आमनागरिकलाई जलवायु परिवर्तनबारे सरल तरिकाले बुझाउने दायित्व सञ्चारकर्मीको रहेको उल्लेख गर्दै भन्नुभयो, “सञ्चारमाध्यमले सूचना प्रदान गर्ने हो र ती सूचनालाई सरोकारवालाले ज्ञानको रुपमा विकास गर्नुपर्छ ।” यो मुद्दा नितान्त विज्ञानसँग जोडिएको उल्लेख गर्दै उहाँले सुक्ष्म अध्ययन र अनुसन्धानबाट आएको निष्कर्षलाई समावेश गरिएमा त्यस्ता सूचना प्रभावकारी र वास्तविक हुन्छन् भन्नुभयो ।

पहिरोविज्ञ डा रन्जनकुमार दाहालले तापक्रम, वर्षा र मौसमको भविष्यवाणीको सूचना सरोकारवाला निकायसम्म पु¥याउने जिम्मेवारी सञ्चारकर्मीको भएको जिकिर गर्दै समाचार र सूचना तथ्यगत विवरणमा आधारित हुनुपर्ने सुझाव दिनुभयो । साथै उहाँले कुनै पनि प्रकोपसँग जोडिएका विज्ञानका न्यूनतम विषयलाई समाचार र लेखमा समावेश गर्न अनुरोधसमेत गर्नुभयो । उच्च हिमाली क्षेत्रमा ९० प्रतिशतसम्म पहिरोजन्य घटनाहरु हुनसक्ने, पूर्वको तुलनामा पश्चिम नेपालमा यस्ता गतिविधि बढी हुने उहाँले तथ्याङ्क पेश गर्नुभयो ।

पूर्वमन्त्री तथा इन्जिनियर गणेश साहले जलवायु परिवर्तनले खाद्य सुरक्षा र खाद्य माथिको सम्प्रभुत्वमा ठूलो धक्का दिएको बताउनुभयो । उहाँले मौसमसम्बन्धी जानकारी आम कृषकसम्म पु¥याउन सञ्चारमाध्यम, सञ्चारकर्मी र सरकारका सरोकारवाला निकाय चुकेकोसमेत टिप्पणी गर्नुभयो । उहाँले जलवायु परिवर्तन, कृषिको विविधिकरण, रसायन र विषादीको अत्यधिक प्रयोग, चुरे विनास, सस्तो दरमा भारतीय खाद्यान्नको आयात, कृषिजन्य उपकरणको उपलब्धता र तीनको सञ्चालनमा वृद्धि भइरहेको लागतले गर्दा कृषि क्षेत्र तहसनहस भएको धारणा व्यक्त गर्नुभयो ।

नेफेजका अध्यक्ष कसमस विश्वकर्माले जलवायु परिवर्तन र यसबाट सिर्जित समस्याहरुबारे समाचार संकलन र प्रकाशन गर्दा त्यस क्षेत्रमा भएका अध्यनन, अनुसन्धान र विज्ञहरुको ज्ञानलाई अनिवार्यरुपमा समेट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विज्ञहरूले पनि आफूले प्राप्त गरेको ज्ञानलाई सरलीकृत गरेर सञ्चारकर्मीलाई बुझाउने प्रयास गर्नुपर्छ । दुवै पक्षको संयुक्त प्रयासबाट मात्र प्रभावकारी समाचार उत्पादन तथा प्रकाशन हुनसक्छ ।” इपीआइ कार्यक्रमका वरिष्ठ सल्लाहकार केशव आचार्यले जलवायु परिवर्तनको मुद्दा जनस्तरसम्म पु¥याउने उद्देश्यले नेफेजसँग आफूहरूले सहकार्य गरेको जानकारी गराउनुभयो ।