गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३२ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जनाकारी दिनुभयो ।
उहाँका अनुसार थपिनेमा कास्कीका १७ , नवलपरासी (बर्दाघाट सुस्तापूर्व) र पर्वतका चार÷चार , स्याङ्जाका तीन, बागलुङका दुई, लमजुङ र तनहुँका एक÷एक छन् । प्रदेशमा सकृय सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ भने होमआइसोलेसनमा ३९१ जना रहेको निर्देशनालयले जनाएको छ ।
यो पनि – पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ । नेपालमा कोरोना सङ्क्रमण दर १८.२ प्रतिशत छ । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन् ।
दुई जिल्लामा सङ्क्रमित शून्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा कोरोना सङ्क्रमति शून्य रहेको छ । हुम्ला र मुगुमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ४८४ जना सङ्क्रमणबाट मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार ३०६ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत छ । कोरोना सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४५४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा सात हजार ७७, संस्थागत आइसोलेशनमा ५३५, सघन उपचार कक्षमा १९९ र भेन्टिलेटरमा ५५ सङ्क्रमित छन् । देशभर आज ४३ हजार ३८० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ लाख ४७ हजार ७१२ जनाले कोरोना खोपको पहिलो मात्रा तथा ७४ लाख ६८ हजार ९१४ जनाले पूर्ण मात्रा लगाएका छन् ।



प्रतिक्रिया