प्रदेश नं २ : प्रदेश प्रमुख मिश्रद्वारा दुई अध्यादेश जारी

प्रदेश नं २ : प्रदेश प्रमुख मिश्रद्वारा दुई अध्यादेश जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुईवटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख मिश्रले प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशलाई मन्त्रिपरिषद्को सिफारीसमा आज जारी गर्नुभएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कात्तिक ९ गते दुईवटा अध्यादेश जारी गर्न सिफारिसको लागि प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०२ बमोजिम अध्यादेश जारी गर्नुभएको हो । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगञ्जमा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले अध्यादेश सिफारिस गरेको थियो । कृषि तथा प्राविधिक क्षेत्रका उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समयसापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएको अध्यादेशमा उल्लेख गरिएको छ ।

यो पनि – गृहमन्त्रीसमक्ष हिरासत र कारागारमा भएको घटना छानबिन समितिको प्रतिवेदन

गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाउनुभएको हो ।

गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको रहनुभएको छ ।

छानबिन समितिले प्राप्त गरेको प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा उल्लेख छ । कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्म खहकिमले गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमाथुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताउनुभयो । समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श, थुनुवालाई निःशुल्क कानूनी परामर्र्श, हिरासत कक्षमा सुरक्षा निगरानी, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र अनुगमन व्यवस्थालगायत व्यवस्था गर्न सुझाव दिएको छ ।