तिहारमा रु १५ कारोड बढी फूलको कारोबार

तिहारमा रु १५ कारोड बढी फूलको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक (रासस) : यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक करोड ६७ लाख ७५ हजार, गोदावरी रु ५२ लाख ५० हजार र ३० लाखको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो । उहाँका अनुसार गत वर्ष रु १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो ।

तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वयविना नै ठूलोमात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाइ करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गर्नुभयो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल स्वदेशमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।

यो पनि – हिमपात र चिसो छल्न लेकदेखि औलतिर

फुङ्लिङ, २४ कात्तिक (रासस) : ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् ।

कात्तिकयता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो । करिब तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडामा हिउँ पर्न थालेको र कात्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा बर्षेनी मौसमी बसाइँ सर्ने गरेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष चाँडै हिमपातसँगै चिसो सुरु भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका र शुक्रबारसम्ममा उनीहरू सबै परिवार औलतर्फ झरिसकेको लामाले बताउनुभयो ।

तोक्पेगोलाका बासिन्दा चिसो छल्नलाई पापुङकै तल्लो बस्तीमा मौसमी बसाइँ सरेका वडाध्यक्ष लामाले जानकारी दिनुभयो । हिमपात र चिसो छल्न हिमाली क्षेत्रदखि औल झरेका समुदाय करिब छ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि वैशाखतिर मौसमी बसाइँ सरेका पुरानै ठाउँ तोक्पेगोलामा पुनःबसाइ सर्ने गरेको पापुङका वडा सदस्यसमेत रहनुभएका स्थानीय पासाङ शेर्पाले बताउनुभयो ।

पशुपालन पेशामा आबद्ध रहेका तोक्पेगोलाका बासिन्दाले आआफ्नो पशुचौपाया तथा गोठ पनि तल्लो क्षेत्रमा सार्ने गरेका शेर्पाले बताउनुभयो । शेर्पा समुदायको मात्र बसोबास रहेको तोक्पेगोलाका बासिन्दाले घरमा ताल्चा लगाएर बसाइँ सर्ने र औल क्षेत्रमा उनीहरू आफैँले अस्थायी घरटहरा बनाएर बस्ने गर्दछन् । तोक्पेगोलाका बासिन्दा अधिकांशको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ ।

यता जिल्लामा पनि चिसो निक्कै बढेको छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण उच्च हिमाली बस्तीका बासिन्दा प्रभावित बन्दै गएका छन् भने एक हजार ८०० मिटर उचाइ रहेको सदरमुकाम फुङ्लिङ बजारमासमेत चिसो बढेको छ ।