पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द हुने

पाल्पा बुटवल सडकखण्ड पन्ध्र दिन बन्द हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामपुर (पाल्पा), २४ कात्तिक (रासस) : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ । सो राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड बिस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ । कात्तिक २२ गतेदेखि मङ्सिर ६ गतेसम्म हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ । दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरुपमा बन्द गरिएको हो ।

दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । सो समयमा सुरक्षा र एम्बुलेन्सबाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यो पनि – ‘पाँच दलीय गठबन्धन चुनावसम्म लैजान्छौँ’

दार्चुला, २४ कात्तिक (रासस) : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुग्नुभएका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताउनुभयो ।

उहाँले केपी अ‍ोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिनुभयो । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उहाँले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी घोषणा कार्यक्रममा उहाँले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ । यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ ।” उहाँले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गर्नुभयो । “विमानस्थलमा बजेट विनियोजन हुन्छ, यसको निर्माणमा निगरानी गर्नुहोला”, उहाँले भन्नुभयो ।

उहाँले राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागतरूपमा चाहिने जति बजेट राखिने बताउनुभयो ।