२५ कात्तिक (रासस÷सिन्ह्वा) ः बेलायतमा अझै पनि दैनिक झण्डै ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा २१४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
योसँगै बेलायतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ४२ हजार ३३८ पुगेको छ ।सङ्क्रमित भएका मध्ये आठ हजार ८५९ जना अस्पतालमा रहेका छन् । सङ्क्रमित अवस्थामै रहेका अरु भने होम आइसोलेसनमै रहेको जनाइएको छ ।देशभरीका १२ वर्षमाथी बढी उमेरका ८७ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी खोप लगाउन मिल्ने कुल जनसङ्ख्याको ७९ प्रतिशतले कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएको पाइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार १९ प्रतिशतभन्दा बढी मानिसले तेस्रो खोप अर्थात अतिरिक्त खोप पनि लगाएका छन् । दैनिक यति ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएको देखिएपनि बेलायतको दैनिक जीवन अहिले सामान्य नै रहेको छ ।
यो पनि – टिग्रेका लागि सहायता बोकेका राष्ट्रसंघका ट्रक इथियोपियाली सरकारद्धारा नियन्त्रण
२५ कात्तिक (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको छ । ती ट्रकहरुमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।
तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिनुभएको हो । उहाँले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिनुभयो ।
उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उहाँले बताउनुभएको छ । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।



प्रतिक्रिया