संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिं.साप्रति ‘गहिरो चासो’ व्यक्त

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा म्यानमारको हिं.साप्रति ‘गहिरो चासो’ व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कात्तिक २५ (रासस÷एएफपी) ः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले म्यानमारमा हालै जारी रहेको अशान्तिको विषयमा बुधबार ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । परिषद्ले तत्काल हिं.सा अन्त्य र नागरिकहरुलाई हानी नपु¥याउन सुनिश्चिताको प्रयास गर्न आह्वान समेत गरेको छ । सेना र रखाइन राज्यको वि.द्रोही समूहबीचको झ.डप भएको परिषदद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हालको घटनाक्रमले रोहिंग्या शरणार्थीहरूको स्वैच्छिक, सुरक्षित, सम्मानजनक र दिगो फिर्ताको लागि विशेष गम्भीर चुनौतीहरू खडा गरेको परिषद्ले चेतावनी दिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । वि.द्रोही समूहका प्रवक्ताले यस झडपको जानकारी दिएका थिए । यस झडपको कारण यु.द्धविरामको तोडिएको छ । फेबु्रअरीमा सैन्य ‘कू’ पछि पनि म्यानमारको पश्चिम क्षेत्रमा शान्ति कायम राखेको थियो । दक्षिणपूर्वी एसियाली देश गत फेबु्रअरी भएको सैन्य कू.पछि उच्च रुपमा अराजकत फैलिएको छ ।

सुरक्षा परिषदका सदस्यहरु ‘कोभिड–१९’ खोप न्यायसंगत, सुरक्षित वितरणको साथै आवश्यकता परेका सबै मानिसहरूलाई सुरक्षित र निर्वाध मानवीय पहुँचको लागी पनि आह्वान गरेका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप सबैका लागि पहुँच हुन पर्नेमा जोड दिएका छन् । सुनिश्चिताको लागि थप अन्तर्राष्ट्रिय समर्थनका लागि आह्वान पनि गरिएको छ ।

यो पनि – टिग्रेका लागि सहायता बोकेका राष्ट्रसंघका ट्रक इथियोपियाली सरकारद्धारा नियन्त्रण

२५ कात्तिक (रासस÷सिन्ह्वा) ः संयुक्त राष्ट्रसंघले इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि लगिएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएका जनाएको छ । ती ट्रकहरुमा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।

तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिनुभयो ।

उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसंघले यहाँको सरकारलाई आग्रह गरेको पनि उहाँले बताउनुभएको छ । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिस खाद्यान्न लगायतको मानवीय सहायताको अभाव रहेको छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसंघले सहयता पठाएको थियो ।
–––