माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।

यो पनि – सुस्ताको विकासमा फाउण्डेशनले सहकार्य गर्ने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिकाको विकास र समृद्धिमा लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले सहयोग गर्ने भएको छ । फाउण्डेशनले समृद्ध सुस्ता निर्माणका लागि आवश्यक पर्ने क्षेत्रमा आवश्यक लगानी, सहकार्य र सहयोग गर्ने जनाइएको छ ।

यसका लागि गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे र फाउण्डेशन स्पेनका अध्यक्ष जुसे मनुअल भिलानोभाबीच संस्थागत सम्बन्ध कायम, सहकार्य र समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको विशेष उपस्थितिमा लुम्बिनीमा उक्त समझदारीपत्रका हालै हस्ताक्षर भएको हो ।

सुस्ताको पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलगायतका क्षेत्रको विकासमा उक्त संस्थाबाट आवश्यक सहयोग प्राप्त हुने गाउँपालिका अध्यक्ष पाण्डेले राससलाई जानकारी दिनुभयो । “हामी केही समयअघि यो संस्थाको सदस्य पनि भएका थियौँ, कुन–कुन क्षेत्रमा लगानी गर्दा गाउँपालिकाको समृद्धि हुन्छ, त्यसमा उक्त संस्थाले लगानी गर्नेछ, यो राम्रो उपलब्धि हो”, उहाँले भन्नुभयो ।

गाउँपालिकाअन्तर्गत रहेको भगवान् गौतमबुद्धले बुद्धत्व प्राप्त गर्न बोधगया प्रस्थान गर्नुअघि कपाल मुण्डन गरी गेरुवस्त्र धारणा गरेको पुरातात्विक तथा ऐतिहासिकस्थल अनोमाघाटसहित यहाँका अन्य पर्यटकीयस्थलको विकास र प्रवद्र्धन, प्राविधिक विद्यालय, अस्पताल निर्माण, आँखा अस्पताल स्थापनालगायतका विकास योजनामा सहकार्य गर्ने समझदारी भएको गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।