ला.गुऔषधसहित दुई युवक पक्राउ

ला.गुऔषधसहित दुई युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिबन्धित ला.गुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–४ बाट ला.गुऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो । ला.गुऔषध गाँजा र नाइट्रोभेट १० लेखिएको ट्याबलेटसहित नियन्त्रणमा लिएको हो । आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा .श.ङ्का लागि जाँच गर्ने क्रममा ला.गुऔषधसहित महरालाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको लहान नगरपालिका–१९ निवासी २१ वर्षीय प्रेम मण्डललाई ला.गुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरेको जनाएको छ ।

यो पनि – जीपको भाडा तोकियो, बढी लिए कारबाही हुने

मार्तडी, २६ कात्तिक (रासस) : बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यहाँका साँफे–मार्तडी राजमार्ग, मार्तडी–कोल्टी, कोल्टी–कर्णाली करिडोरमा सञ्चालन हुँदै आएका जीपको भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न सडकमा चल्ने जीपले यात्रुबाट चर्काे भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर भाडादर निर्धारण गरिएको हो ।

यहाँका पूर्वी तथा उत्तरी भेग कोल्टी–मार्तडी सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको प्रतिकिलोमिटर रु १८ का दरले रु ७५० भाडा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार कोल्टीबाट कवाडी, धुलाचौर, पिलुचौर र जुड्डीसम्म चल्ने सवारीले प्रतिकिलोमिटर रु १५ का दरले भाडा लिने यातायात व्यवसायी र सरोकारवाला निकायबीच सहमति भएको छ ।

साँफे–मार्तडी–कोल्टी सडक सञ्चालनमा आइरहेकाले कोल्टी वा सो भेगका इन्धन व्यवसायीले सम्भव भएसम्म साँफे बगरबाट इन्धन÷पेट्रोल÷डिजेल ल्याउने तथा मार्तडीमा कायम भएको मूल्यभन्दा प्रतिलिटर रु १५ सम्म बढी शुल्क लिई बिक्री गर्न पाउने निर्णय भएको उहाँले बताउनुभयो । प्रशासनले निर्धारण गरेको भाडादरभन्दा बढी लिएको पाइएमा व्यवसायीलाई कानुनी कारबाही गर्ने सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

यस्तै डिजेल÷पेट्रोलमा पनि तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाजुराले पटक–पटक राजमार्ग र ग्रामीण सडकमा सञ्चालन हुने जीपहरुको भाडादर तोके पनि जीप व्यवसायीले यात्रुबाट चर्काे भाडा लिन छाडेका छैनन् ।

यो पनि – राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

कञ्चनपुर, २६ कात्तिक (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गर्नुभएको छ । उहाँले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गर्नुभएको हो ।

‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । यसका लागि गणक परिचालन भएका छन् । आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । विसं १९६८ देखि जनगणना सुरुआत भएको हो ।