चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा: परराष्ट्र प्रवक्ता

चीन र अमेरिका शीर्ष नेताहरूको बैठक बारे निकट संवादमा: परराष्ट्र प्रवक्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताउँनुभएको छ।  प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै उक्त टिप्पणी गर्नुभएको हो। उहाँले यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफो वार्ता भएको बताउँनुभयो।

सो अवसरमा दुवै राष्ट्र प्रमुखले विभिन्न माध्यमबाट नियमित सम्पर्क राख्ने सहमति गरेको पनि उहाँले जानकारी दिनुभएको छ । “हामी आशा गर्छौं कि अमेरिकी पक्षले बैठकलाई सफल बनाउन र चीन-अमेरिका सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन चीनसँग मिलेर काम गर्नेछ,” प्रवक्ताले भन्नुभयो।

यो पनि – बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध लगाएको छ

२६ कात्तिक (रासस÷एएफपी)ः – बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ ।

मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउनको लागि ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो । शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ ।

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिनु भएका छ । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् ।