विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको र उक्त कार्य जनस्वास्थ्य सेवा ऐन–२०७५ तथा विज्ञापन (नियमन गर्ने) ऐन– २०७६ विपरीत भएकाले यसलाई तत्काल हटाउन बोर्डले अपिल गरेको छ । अन्यथा कानूनबमोजिम कारबाही हुनेसमेत बोर्डले जनाएको छ ।
बोर्डद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन”, भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा गर्न नहुने’ व्यवस्था गरेको जनाइएको छ ।
यो पनि – तिहार र छठमा लाखौँ मूल्यको केरा बिक्री
तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।
जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउनुहुन्छ । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउनुहुन्छ । चौदण्डीगढीको हँडियामा मात्र तिहार र छठमा गरेर दशौँ लाख मूल्यको केरा बिक्री भएको हँडियाका देवदत्त चौधरीले बताउनुभयो ।
हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दशाँै लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउनुहुन्छ । यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झण्डै रु आठको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताउनुभयो ।
उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै रु आठ लाख बराबरको केरा बिक्री भएको चौधरी बताउनुहुन्छ । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताउनुभयो ।
कोरोना सङ्क्रमणका कारण असोज अघि उत्पादन भएको केरा बिक्री हुन सकेको थिएन् । दसैँ, तिहार र छठमा केरा बिक्री भएको घिमिरेले बताउनुभयो । उक्त क्षेत्रमा उत्पादन भएको गाईघाट, बेल्टार, सप्तरी र सुनसरीका विभिन्न बजारमा बिक्री भएको थियो । केरा व्यापारी केरा खरिदका लागि घरमै आएका कृषक बताउँछन् । जिल्लामा वार्षिक रु दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ ।



प्रतिक्रिया