पाकिस्तानले तालिबानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने आश्वासन दिएको छ। कार्यवाहक अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले अफगानिस्तानको मानवीय संकट समाधान गर्न आफ्नो देशले प्रयास जारी राख्ने बताउँनुभएको छ ।पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि आफ्नो देशको प्रतिबद्धताको बारेमा बोल्दै मन्त्री कुरैशीले पाकिस्तानले कठिन परिस्थितिका बाबजुद अफगानिस्तानमा मानवीय सहायता र आर्थिक सहयोग गर्न आफ्नो प्रयास जारी राख्ने बताउँनुभएको छ ।
“परराष्ट्र मन्त्री कुरैशीले अफगानिस्तानसँग सबै क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानको संकल्पलाई पुन: पुष्टि गर्नुभएको छ। अफगानिस्तानमा शान्ति स्थापना भएपछि क्षेत्रीय स्थिरतालाई बलियो बनाउन र आर्थिक गतिविधि र कनेक्टिभिटीलाई बढावा दिने कुरामा उहाँले जोड दिनुभएको छ ।उच्चस्तरीय प्रतिनिधिमण्डलसहित बुधबार आफ्नो पहिलो भ्रमणमा इस्लामाबाद पुग्नुभएका मुत्ताकीले बिहीबार इस्लामावादमा भएको ट्रोइका प्लस बैठकका बीच चीन, रुस, पाकिस्तान र अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिसँग पनि भेट गर्नुभएको हो।
यो पनि – बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध लगाएको छ
२६ कात्तिक (रासस÷एएफपी)ः – बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ । मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउनको लागि ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो । शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ ।
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिनु भएका छ । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् ।
प्रतिक्रिया