वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आ.त्मह.त्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आ.त्मह.त्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो ।

असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछि परिवारले उहाँको मृत्यु आ.त्मह.त्याबाट नभई शारीरिक कारण भएको जनाएको हो । गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडक शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोष्ट मार्टम’ गर्दा पनि आ.त्मह.त्या नदेखिएको स्व चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताउनुभयो । “चतुर्वेदीको निधनबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फीरुपमा आ.त्मह.त्या हुनसक्ने भन्ने खालको भ्रामक समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उहाँले भन्नुभयो ।

सो दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ । दुर्घटना हुनुभन्दा तीन साताअघि उहाँको तिलगङगा खाँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रियासमेत गरिएको थियो । रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै उहाँ होटल तपस र होटल रामानमका पनि अध्यक्ष हुनुहुन्थ्यो ।