सभामुख अग्नीप्रसाद सापकोटाले जनगणनाको काम भइरहेकाले सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ । राष्ट्रिय जनगणना लिन गएको राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागको टोलीसँग कुरा गर्दै उहाँले घरघरमा आउने गणकलाई सही जानकारी दिएर सहयोग गर्न सम्पूर्णमा आग्रह गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले तथ्याङ्क सङ्कलन मात्र होइन यसको प्रयोग पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । सदस्य फुयाँलले समाजवादका आधार प्राप्त गर्नसमेत जनगणना आवश्यक रहेको उल्लेख गर्नुभयो । जनगणनालाई बौद्धिक युद्धको सङ्ज्ञा दिँदै फुयाँलले तथ्याङ्क नै अहिलेको समयको मूलशक्ति भएको बताउनुभयो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणना सञ्चालनका प्रक्रिया र हाल भइरहेका कामका बारेमा सभामुख सापकोटालाई जानकारी गराउनुभयो ।
यो पनि – कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताको आशा र भरोसाको पार्टी कांग्रेस मात्र भएकाले जनताको विश्वासको कदर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा जिल्ला कार्यसमिति सदस्य तथा इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व मिरा अधिकारी लामाको २२औँ पुण्य तिथिमा आयोजित श्रद्वाञ्जलीसभामा नेता पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले आगामी १४औँ महाधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । देशलाई रूपान्तरण गर्नुपर्ने आवयश्कता रहेको बताउनुभयो । स्व लामा एक विकास प्रेमी, सुशासन प्रेमी र लोकतन्त्रको हिमायती महिला भएको पौडेलले बताउनुभयो ।
सो अवसरमा पार्टी जिल्ला सभापति एवम लामाकी श्रीमान् विकास लामा, कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङक, ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङलगायतले स्वर्गिय लामाले महिला सशक्तीकरणको क्षेत्रमा उल्लेख्य योगदान दिएको बताउनुभयो । उहाँको नाममा स्मृती भवन स्थापना गर्ने सो अवसरमा घोषणा गरिएको थियो ।



प्रतिक्रिया