चौँसठ्ठी विद्यार्थीलाई स्काउट पोसाक

चौँसठ्ठी विद्यार्थीलाई स्काउट पोसाक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि र बालमन्दिर माविका ६४ छात्राछात्रलाई निःशुल्क रुपमा स्काउट पोसाक उपलब्ध गराइको हो ।

मानसरोवर उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोसाक वितरण गरिएको मानसरोवरका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । कर्णाली प्रदेशका स्काउट संयोजक कमल बोहराले बेलायती एक सैनिकको उदाहरण दिँदै हुम्लाका विद्यार्थीहरूको भविष्य पनि उज्ज्वल रहेको स्मरण गराउनुभयो । स्काउटले विद्यार्थीको शारीरिक, मानसिक र शैक्षिकका साथै सर्वाङ्गीण विकासमा पनि सहयोग गर्नेमा उहाँले जोड दिनुभयो ।

यो पनि –  सौर्य ऊर्जाबाट बिजुली निकाल्दै गुठीचौर

जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट बिजुली निकाल्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जाबाट बिजुली निकाल्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउनका लागि सौर्य ऊर्जाबाट बिजुली बाल्न लागिएको हो ।

विगतदेखि नै यो वडा अन्धकार थियो । हुनेखानेले सोलार प्यानल जडान गरेर बिजुली बालिरहेका थिए । विपन्न घरपरिवारले सल्लाको दियालोको भरमा उज्यालो पारेका छन् । अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीर्ले निकट भविष्यमै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । योसँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुने छ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन्, सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताउनुभयो ।

सौर्य ऊर्जाका लागि रु तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिने छ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनुभयो । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।
गुठीचौरमा ‘होमस्टे’
यहाँको गुठीचौर गाउँपालिकाभित्र ५३ होमस्टे सञ्चालनमा अएका छन् । सो गाउँपालिका–१ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलङ्गा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई दृाष्टिगत गर्दै स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेमा पर्यटकले सम्मान एवं सत्कार पाएका छन् । यहाँको रैथाने वस्तुको खानाले होमस्टे राम्ररी चलिरहेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयवासीलाई जागरुक बनाउने कार्य भइरहेको छ । अध्यक्ष भण्डारीले भन्नुभयो, “होमस्टे यहाँका रैथाने वस्तुको प्रवद्र्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन् । होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरून् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ ।” गाउँपालिकाले होमस्टे सञ्चालनका लागि सहयोग गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । होमस्टे व्यवस्थित बनाउनका लागी पालिकाले होमस्टे सञ्चालकलाई आवश्यक सामाग्री प्रदान गरेको गाउँपालिकाको स्टोर शाखाप्रमुख मोतिप्रसाद जैसीले बताउनुभयो ।